‘थियौं तामे गाग्री झै , भई छ्यौ अहिले दाउरी झै ’
लोक दोहोरी गायक तेजस रेग्मीको लोकदोहोरी रोइला गीतको म्युजिक भिडीयो बजारमा
काठमाडौं,६ वैशाख ।
लोक दोहोरी गायक तथा सर्जक तेजस रेग्मीको लोकदोहोरी रोइला गीतको म्युजिक भिडीयो बजारमा आएको छ ।मुख्यत पश्चिमाञ्चलका जिल्लाहरुमा बढी प्रचलीत रोइला भाका सर्जक रेग्मीले ‘तामे गाग्री’ नाम राखेर बनाएका छन् । अहिलेको समय सापेक्ष रहेको उक्त म्युजीक भिडियोका शब्दहरु रेग्मीकै रहेका छन् । पुरानो संगै पढेको साथी ४–५ बर्षपछि भेट हुँदा गरिएको ठट्ट्यौलीलाई म्युजिक भिडीयोमा रमाईलो पारामा एकअर्कालाई घोचपेघ गर्नु यो गीतको बिशेष भाव रहेको गायक रेग्मीले बताएका छन् ।
‘स्कुल पढ्ने बेलामा नी ! भईन तिम्रो जाति,मौका चानस भेट्न पाईयो, के छ खबर साथी ?’ थियौं तामे गाग्री झै , भई छ्यौ अहिले दाउरी झै , जस्ता रमाईला शब्दहरु म्युजिक भिडियोमा छन् । यु ट्युवमा डाउनलोड भएको दिनमै १० हजार बढीले उक्त गीत हेरेका छन् । कामना डिजीटल म्युजिक प्रा.ली.ले बजार व्यबस्थापन गरेको उक्त लोकदोहोरी म्युजिक भिडियोमा गायिका कल्पना काफ्ले र गायक तेजस रेग्मीले स्कुले जीवनको कुरा रमाईलो पाराले गीतमार्फत भरपुर मनोरञ्जन दिएका छन् ।
म्युजिक भिडियोमा गायक तेजस रेग्मीले ‘स्कुल पढ्ने बेलामा नी ! भईन तिम्रो जाति,मौका चानस भेट्न पाईयो, के छ खबर साथी ?’ थियौं तामे गाग्री झै , भई छ्यौ अहिले दाउरी झै भनेर प्रश्न गर्छनन् भने गायिका काफ्लेले धेरैपछि भेट भयो कतिसम्म पढ्योै , माथितिर जाउलाभन्दा गजमुख बढ्यौं , घैटो जत्रो पेट भा छ , धेरै पछि भेट भा छ ’ भनेर ठट्यौली पारामा उत्तर दिन्छन् । हरेक सृजनाबाट चर्चा र सफल हुने गायक रेग्मीको यो पछिल्लो गीतले पनि निकै सफलता पाउनेमा कामना प्रा.ली. ले बिश्वास लिएको छ ।
घाँसै राम्रो सिम, वाई वाई माया ,घुम याकुम घुम, ठाउँको ठाउँ ढल्नी जस्तो ,नाकै हेर्दा थाहा हुनी,मकै खाउली मोहीसित ,बजाउ माया थपडी, रातो गाडीमा आईन् सरर जस्ता गीत मार्फत चर्चामा आएका बाग्लुङ स्थाई घर भएका रेग्मीलाई ‘तामे गाग्री ’ले पनि निकै हौसला दिने अपेक्षा गरिएको छ । रेग्मीले आफ्ना पुराना रचनालाई माया दिएजस्तै अहिलेको पछिल्लो म्युजिक भिडियो तामे गाग्रीलाई पनि दर्शक तथा श्रोताले माया दिने अपेक्षा गरेका छन् ।
लयशब्द – तेजस रेग्मी
गायक–गायिका –तेजस रेग्मी,कल्पना काफ्ले
बजार व्यवस्थापन – कामना डिजीटल प्रा.ली
भिडियोको लागी यहाँ क्लीक गर्नुहोस् ।