यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
आईपिएल क्रिकेट – कोलकात्ता नाईट राइडर्स विजयी. काठमाडौं,२९ चैत ।. ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकात्ता नाईट राइडर्स विजयी भएको छ । उसले देल्ली डेयर डेभील्समाथि ९ विकेटको सानदार जित हासिल गरेको हो । जितका लागि पाएको ९९ रनको चुनौती कोलकात्ताले ३५ बल अगावै १ विकेट गुमाएर भेट्टायो ।. उसको जितमा रबिन उथप्पाले ३५ रनको योगदान दिए । गौतम गाम्भिर ३८ र मनिष पाण्डे १५ रनमा अविजित रहे । यसअघि कोलकात्तास्थित ईडन गार्डेन स्टेडियममा देल्ली १७ दशमलब ४ ओभरमा ९८ रनमै समेटिएपछि कोलकात्ताले सामान्य चुनौती पाएको थियो ।. उसलाई कम स्कोरमा रोक्ने क्रममा आन्द्रे रुसैल र ब्राड होगले तीन–तीन तथा जोन हास्टिङस् र पियुस चावलाले दुई–दुई विकेट लिए । प्रतियोगीता अन्तर्गत आज किङस् इलेभेन पञ्जाब र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।.
आईपिएल क्रिकेट – कोलकात्ता नाईट राइडर्स विजयी
काठमाडौं ,२९ चैत ।

ईण्डियन प्रिमियर लिग आईपिएल क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा कोलकात्ता नाईट राइडर्स विजयी भएको छ । उसले देल्ली डेयर डेभील्समाथि ९ विकेटको सानदार जित हासिल गरेको हो । जितका लागि पाएको ९९ रनको चुनौती कोलकात्ताले ३५ बल अगावै १ विकेट गुमाएर भेट्टायो ।
उसको जितमा रबिन उथप्पाले ३५ रनको योगदान दिए । गौतम गाम्भिर ३८ र मनिष पाण्डे १५ रनमा अविजित रहे । यसअघि कोलकात्तास्थित ईडन गार्डेन स्टेडियममा देल्ली १७ दशमलब ४ ओभरमा ९८ रनमै समेटिएपछि कोलकात्ताले सामान्य चुनौती पाएको थियो ।
उसलाई कम स्कोरमा रोक्ने क्रममा आन्द्रे रुसैल र ब्राड होगले तीन–तीन तथा जोन हास्टिङस् र पियुस चावलाले दुई–दुई विकेट लिए । प्रतियोगीता अन्तर्गत आज किङस् इलेभेन पञ्जाब र गुजरात लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।