प्रधानमन्त्री ओलीले सभामुख घर्तीको स्वास्थ्य अबश्थाबारे जानकारी लिए
सभामुख ओनसरी घर्तीको स्वास्थ्य अबश्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो ललीतपुरको सुमेरु अस्पताल पुगेका छन् ।
प्रधानमन्त्री ओलीेले अस्पतालमा सभामुख घर्तीको उपचारमा संलग्न डाक्टरहरुसंग उनको स्वास्थ्य अबश्थाबारे जानकारी लिएका छन् ।
अस्पताल श्रोतका अनुसार सभामुख घर्तीको स्वास्थ्य सामान्य रहेको छ । रक्तचाप बढेपछि सभामुख घर्तीलाई आज बिहान साढे ७ बजे अस्पताल भर्ना गरिएको थियो । उच्चरक्तचापको औषधी सेवन गरिरहेकी सभामुख घर्तीको बिहानदेखी रक्तचापमा परिबर्तन आएको हो ।