
झापा गोल्डकपको उपाधी नेपाल आर्मीलाई
झापा, २७ चैत ।
झापामा जारी झापा गोल्डकपको उपाधी नेपाल आर्मीले हात पारेको छ । मोफसलको सबैभन्दा ठूलो पुरस्कार राशी भएको आज सम्पन्न प्रतियोगितामा नेपाल आर्मीले रु. ६ लाख नगद समेत प्राप्त गरेको छ ।
प्रतियोगितामा आयोजक तथा घरेलु टोली झापा १ गोलका विरुद्ध शुन्य गोलका साथ पराजीत भएको छ । विजेता आर्मी टोलीलाई नवयुग श्रैष्ठले गोलको भागीदार बनाएका थिए । जितसँगै खेलाडि नवयुग उत्कृष्ट खेलाडी घोषीत भएका छन् ।
