घाँटी थिचेर श्रीमति मार्नेलाई सर्बस्वसहित जन्मकैद

अर्घाखाँची , २६ चैत ।

श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा  पक्राउ परेका सन्धिखर्कका एक जनालाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ

सन्धिखर्क नगरपालिका-५ का रुपक अधिकारीलाई जिल्ला अदालत अर्घाखाँचीका न्यायाधीश केशब प्रसाद बास्तोलाको  इजलासले  सर्वस्वसहित जन्मकैदको फैसला गरेको हो ।

अभियुक्त अधिकारीले श्रीमती पर्वता अधिकारीलाई कुटपिट गरि घाँटी थिचेर हत्या गरेको मृतकका आफन्त पोखराथोक गाविस-९ का दिननाथ पाण्डेले जाहेरी दिएको अदालतले बताएको छ । पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई गएको पुस ८ गतेदेखि जिल्ला कारागार आटिकापाटा चलान गरिएको जिल्ला अदालतले जनाएको छ ।रासस