यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कांग्रेस संसदीय कार्य समितिका लागी ४२ जनाको मनोनयन दर्ता. काठमाडौं, २५ चैत ।. नेपाली कांग्रेसको संसदीय कार्य समितिका लागी ४२ जनाको आवेदन परेको छ । २२ सदस्यीय दलको कार्यसमितका लागि ४२ जनाले मनोनयन दर्ता गराएका हुन् ।. नियमानुसार ७ प्रदेश र १५ आरक्षण गरी २२ जना निर्वाचित हुने व्यस्था छ । यसैबीच पिछडिएको क्षेत्रबाट राजिव बिक्रम शाह भने निर्विरोध निर्वाचित भएका छन्।. बुधबार मात्रै कांग्रेसको संसदीय दलको नेताको निर्वाचन भएको थियो । निर्वाचन परिणाम अनुसार दलको नेतामा सभापति शेरवहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउँदै निर्वाचित भएका थिए । संसदीय दलको कार्यसमितिको चुनाव भोलि हुँदै छ।.
कांग्रेस संसदीय कार्य समितिका लागी ४२ जनाको मनोनयन दर्ता
काठमाडौं, २५ चैत ।
नेपाली कांग्रेसको संसदीय कार्य समितिका लागी ४२ जनाको आवेदन परेको छ । २२ सदस्यीय दलको कार्यसमितका लागि ४२ जनाले मनोनयन दर्ता गराएका हुन् ।
नियमानुसार ७ प्रदेश र १५ आरक्षण गरी २२ जना निर्वाचित हुने व्यस्था छ ।
यसैबीच पिछडिएको क्षेत्रबाट राजिव बिक्रम शाह भने निर्विरोध निर्वाचित भएका छन्।
बुधबार मात्रै कांग्रेसको संसदीय दलको नेताको निर्वाचन भएको थियो । निर्वाचन परिणाम अनुसार दलको नेतामा सभापति शेरवहादुर देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेलाई हराउँदै निर्वाचित भएका थिए । संसदीय दलको कार्यसमितिको चुनाव भोलि हुँदै छ।