युरोपियन च्याम्पियन्स लिग-रियल मड्रिड पराजित
काठमाडौंं, २५ चैैत ।
युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनको रियल मड्रिडलाई जर्मन क्लव उल्फवर्गले पराजित गरेको छ ।
बुधबार राती आफ्नै मैदानमा भएको क्वाटरफाईनल पहिलो लेगको खेलमा उल्फवर्गले रियाल मड्रिडलाई २-० ले हराएको हो ।
खेलमा उल्फवर्गलाई विजयी गराउन रिकार्डो रोड्रिग्वेजर म्याक्जीमीलीयान आर्नोल्डले एक एक गोल गरे ।
जिततसँगै उल्फवर्गले सेमीफाईनल पुग्ने संभावना बलियो पारेको छ भने रियाल मड्रिड दबाबमा परेको छ । यी दुई क्लवविचको क्वाटरफाईनल दोस्रो लेगको खेल यही अप्रिल १३ तारिखमा रियाल मड्रिडको मैदानमा हुनेछ ।
च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राती भएको अर्को खेलमा फ्रान्सको पेरीस सेन्ट जर्मेन पि.एस.जी. र इंग्लण्डको म्यान्चेस्टर सिटीले २-२ गोलको बराबरी खेलेका छन् ।
फ्रान्समा भएको खेलमा घरेलु टोली पि.एस.जी.का लागि ईब्राहिमोभिच र राबियोटले एक एक गोल गरे ।
म्यान्चेस्टर सिटीका केभिन डे ब्रायन र फर्नान्डीनोले एक एक गोल गरेपछि पहिलो लेगको खेल २-२ गोलको बराबरीमा सकिएको हो । दोस्रो लेगको खेल म्यान्चेस्टर सिटीको मैदानमा हुनेछ ।
यसैबीच टोलीले पहिलो लेगमा २–० को हार व्यहोरेपछि रियल मड्रिडका मूख्य प्रशिक्षक जिनेदिन जिदानले रियल मड्रिड अझै कम ब्याक गर्न सक्ने बताएका छन्। उनले भनेका छन्,‘यो फुटबल हो। त्यसैले कहिले काँही नतिजा फरक आउन सक्छन्। तर रियल च्याम्यिन्स लिगको क्वाटर फाइनलको दोस्रो लेगमा अझै कमब्याक गर्न सक्छ।’
जिदानले घरेलु मैदानको फाइदा अब हुने दोस्रो लेगमा रियल मड्रिडले लिने दाबी गरेका छन्। ‘खेलाडीले जसरी आज खेल खेले म पटक्कै खुशी छैन, अझ भन्ने हो भने पहिलो हाफ,’ जिदानले पत्रकारहरुसँग भने। ‘यो फुटबल खेल हो, त्यसैले यो गाह्रो हुन्छ।