पनामा पेपर लिग पछि आइसल्याण्डका प्रधानमन्त्रीले दिए राजीनामा

आइसल्याण्ड, २४ चैत ।

primeminister

पनामाको एउटा अति गोप्य कानुनी कम्पनी ‘मोस्याक फोन्सेका’ ले विश्वकै अहिलेसम्मको सबैभन्दा ठूलो मिडिया अनुसन्धानपछि कर छलीमा मुछिएका व्यक्तिहरुको नामसहितको १ करोड १० लाख दस्तावेज सार्वजनिक भएपछि विश्वमै नयाँ तरङ्ग ल्याएको छ । यसैक्रममा ती दस्तावेजमा आफ्नो नामसमेत मुछिएपछि आइसल्याण्डका प्रधानमन्त्री सिग्मण्डर डेविड गुन्लग्सनले  राजीनामा दिएका छन् ।

दस्तावेजमा उनी पनि कर छलीमा संलग्न रहेको विवरण उल्लेख छ । दस्तावेजमा उनी र उनकी पत्नीले ब्रिटिश द्वीपमा एउटा कम्पनी खडा गरेर लाखौं पाउण्ड लुकाएको दाबी गरिएको छ । दस्तावेज सार्वजनिक भएपछि आइस्ल्याण्डमा प्रधानमन्त्रीको विरोधमा प्रदर्शन समेत भएको थियो ।

तर प्रधानमन्त्री सिग्मण्डर डेविडले आफूबाट कुनै त्यस्तो गलत काम नभएको दाबी गर्दै आएका थिए । (एजेन्सी)