बाबुछोरीले दिए संगै एसएलसी
इलाका स्वास्थ्यचौकी अर्घाखाचीको रसिचौर अर्घामा कार्यारत स्थायी परिचर डोल बहादुर बस्नेत यस बर्षको एसएलसी परिक्षामा सहभागी भएका छन् ।
३० वर्षदेखि परिचरको रुपमा कार्यारत बस्नेतले आफ्नी कान्छीछोरी अञ्जु बस्नेतसँग परीक्षा दिइरहेका छन् ।
उनले एसएलसी दिन थालेको यो छटौंपल्ट भएको बताए । दुई छोरी र एक छोराका पिता उनका एक छोरा र एक छोरीले कक्षा १२ पास गरिसकेका छन् ।
एसएलसी परीक्षा पास गरेपछि फाइल बढुवा हुने आशाले उनी परीक्षामा सहभागी हुँदै आएका हुन् । गुल्मीबाट ४ पटक र अर्घाखाचबिाट २ पटक परीक्षा दिएको उनले बताए ।
उनले भने, ‘हिम्मत नहारी एसएलसी परीक्षा दिइरहेको छु । यसपल्ट पास हुने आशा छ ।’ बस्नेतले अर्घाको रजस्थल माबिबाट एसएलसीको लागि परिक्षाको फर्म भरेर सहभागि भएको अर्घाखाची जिल्लाका जिल्ला शिक्षा अधिकारी सुरेन्द्र पराजुलीले बताएका छन् ।
