के हो दरभंगा प्लेनम ?
काठमाडौं, १६ चैत /
नेपाली कम्युनिष्ट आन्दोलन र इतिहासमा दरभंगा प्लेनम भन्ने शव्दावली अत्याधिक प्रयोग भएको पाइन्छ । वास्तवमा के हो दरभंगा प्लेनम, के भएको थियो दरभंगा प्लेनममा यसबारे केही तथ्यहरु हेर्नुहोस- सं
दुई हजार सत्र साल पुष १ गते संसद विघटन गरी त्यसको २१ दिनपछि सम्पूर्ण पार्टीहरूमाथि प्रतिबन्ध लगाएपछि कम्युनिस्ट आन्दोलनमा पनि त्यसको गम्भीर असर प¥यो । अन्य पार्टीहरू भैmं नेकपाका केही नेता र कार्यकर्ताहरू गिरºतार भए । २०१७ साल कार्तिक महिनामा मस्कोमा आयोजित विश्व कम्युनिस्ट सम्मेलनमा भाग लिन गएका नेकपाका महासचिव केशरजंग रायमाझीले त्यहींबाट राजाको फौजी कदमलाई प्रगतिशील कदम भनी स्वागत गरे । तर क। पुष्पलालको नेतृत्वमा नेकपाको पोलिटब्यूरोले सैनिक आतंकको संज्ञा दिंदै त्यसको विरोध ग¥यो र संसदीय दलहरूको सम्मेलनको माग ग¥यो । माघ महिनामा रायमाझी सोभियत संघबाट फर्केपछि पार्टीमाथिको प्रतिबन्ध हटाउने, राजबन्दी रिहाइ तथा मौलिक अधिकारको माग गरियो । विघटित संसदका बारेमा भने कुनै कुरा अघि सारिएन ।
संसदको विघटनपछि २०१७ साल फाल्गुणमा भारतको दरभंगामा नेकपा केन्द्रीय समितिको विस्तारित बैठक ९प्लेनम० बस्यो । चर्को विवादको कारण बैठक एक महिनासम्म लम्बियो । यस बैठकलाई नेकपाको इतिहासमा दरभंगा प्लेनम भनिन्छ। यस बैठकमा तीन लाइन देखियो । वैधानिक राजतन्त्र र निर्देशित प्रजातन्त्रका पक्षमा रहेका केशरजंग रायमाझी लगायत केन्द्रीय समितिका बहुमत सदस्यहरू संसदीय व्यवस्थाको स्थापनाका विपक्षमा रहे । विघटित संसदको पुनस्र्थापना र संयुक्त जनआन्दोलनको पक्षमा क। पुष्पलाल रहनुभयो । संविधान सभाको चुनावको पक्षमा बैठकको बहुमत रह्यो । यसको नेतृत्व क। मोहनविक्रम सिंहले गर्नु भएको थियो । यसमा क। मोहनविक्रम बाहेकका अन्य सबै सदस्यहरू केन्द्रीय समितिभन्दा बाहिरका रहे ।
दरभंगा प्लेनमले पार्टीमा देखा परेको मतभेदलाई निराकरण गर्न नौ महिना भित्र महाधिवेशन बोलाउने, नेपाललाई पाच क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रलाई एक–एक जना पोलिटब्यूरो सदस्यको जिम्मामा दिने र राजावादी रुझानका कारण रायमाझीलाई महासचिवबाट हटाएर तीन जनाको सेक्रेटायरियट बनाउने तथा त्यसको कार्यालय काठमाडौंमा राख्ने निर्णय लियो । सचिवालयमा केशजंग रायमाझी, शम्भुराम श्रेष्ठ र डी।पी। अधिकारीलाई राख्ने निर्णय भयो । पछि केन्द्रीय समितिले प्लेनमको निर्णय मान्न केन्द्र बाध्य छैन भन्दै रायमाझीको लाइनलाई नै अघि सा¥यो ।
दरभंगा प्लेनमद्वारा गठन गरिएको सचिवालय पनि विवादमुक्त रहेन । केन्द्रीय समितिले चार–पाच वर्षसम्म महाधिवेशन गर्न नसकिने धारणा अघि सार्न थाल्यो । २०१९ सालमा सचिवालय सदस्य शम्भुराम श्रेष्ठ पनि गिरºतार भए । परिणाम स्वरूप दरभंगा प्लेनमको धारणा तत्कालीन केन्द्रीय समितिबाट कार्यान्वयन हुने सम्भावना पूर्णतः हराएर गयो । केन्द्रीय समितिमा रायमाझी र पुष्पलाल बीचको मतभेद अझ तीव्र बन्न पुग्यो ।