काठमाडौमा आँधीहुरी,सडक र विमानस्थल अबरुद्ध
काठमाडौं , १५ चैत ।
काठमाडौंमा आँधीहुरी चल्दा जनजीवन प्रभावित भएको छ ।एक्कासी आँधीहुरी चल्दा यहाँको सडक र अन्तराष्ट्रिय विमानस्थल अबरुद्ध भएको छ ।आँधीहुरीका कारण मोटरसाईकलमा सवार र पैदल सवार व्यक्तिहरु बढी प्रभावित भएका छन् । मोटरसाईकलमा सवार व्यक्तिलाई हुरीले उडाएको धुलोले आँखा नै नदेख्ने गरि असर पारेको छ भने पैदल हिडेकालाई पनि हिड्न असर परेको छ ।
आँधीहुरी चल्दा कामाडौंको आकाश धुलोले ढाकेको छ । अपरान्ह ४ बजेपछि चलेको हुरीले निकै मात्रामा धुलो उडाएको छ । बिहानैदेखी काठमाडौंको आकाशमा बादल लागीरहेपनि पानी भने परेको छैन । मौसमबिद्हरुले आकाशमा जमेर बसेको धुलो हावाहुरी वा पानी परेमात्र हट्ने बताईरहेका बेला हुरी चलेको हो । हुरीले के कति क्षति भयो भन्ने बारे एकिन थाहा हुन सकेको छैन ।