काठमाडौं विश्वको तेस्रो प्रदुषित शहर किन बन्यो ?(फोटोफिचर)
काठमाडौं , ११ चैत ।
केही महिना अगाडी वायु प्रदुषणका कारण बेइजिङ तुवाँलोले ढाकेको र मानिसहरु मास्क लगाएर हिडेको समाचार सुन्दा नेपालीहरु अचम्म मान्दै थिए । तर अहिले मानिसहरु आफै बसेको शहर विश्वको प्रदुषित शहर मध्ये तेस्रो र एशियाको पहिलो भयो भन्दा पनि सामान्य मानिरहेका छन् , कारण हो, उनीहरु काठमाडौं जति नै फोहोर भएपनि यसमै बस्न बाध्य छन् । त्यसैले बिश्वको जुनसुकै सुचकांकले काठमाडौं प्रदुषीत शहरमा पहिलो भएपनि नेपालीहरुलाई फरक पर्ने छैन । किनकि काठमाडौंमा प्रदुषित हुने थुप्रै कारणहरु छन् । जुन सजिलै समाधान गर्न सक्ने खालका छैनन् । तस्वीरमा प्रदुषण -फोटोफिचर