आज तराईमा होली मनाईंदै,जनकपुरमा भोलि मनाईंने

काठमाडौं ,१० चैत ।
fffffffffff

रङहरुको पर्व फागु अर्थात् होली सद्भाव र आत्मीयता साटासाट गदै आज तराईमा मनाईंदैछ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ । उपत्यका र पहाडी क्षेत्रमा हिजो मनाइएको होली आज तराईका क्षेत्रमा मनाउन लागिएको हो । यद्यपी जनकपुरमा भने होली भोलि मनाउने तयारी भएको छ । १५ दिनसम्मको धार्मिक परिक्रमा सकिएको भोलिपल्ट मनाइने परम्परा अनुसार तराईका अन्य जिल्लाभन्दा एकदिन ढिलो जनकपुरमा होली हुन पुगेको हो ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।