
स्पेनिस ला लिगा फुटबल–रियल मड्रिडको सानदार जित ,बार्सिलोना भने भिल्लारियलसँग बराबरी
काठमाडौं , ८ चैत ।
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सानदार जित हात पारेको छ। गएराति भएको खेलमा रियल मड्रिडले सेभिल्लालाई ४–० गोल अन्तरले पराजित गरेको हो।
रियलले खेलको छैटौं मिनेटमै करिम बेन्जिमाले गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा एक सून्य गोल अन्तरले अग्रता लिएको रियलले दोस्रो हाफमा भने तीन गोल गरेको थियो।

खेलको ६४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै रियलको अग्रता दोब्बर पारेका थिए। यस्तै खेलको ६६ औँ मिनेटमा ग्यारेथग बेलले गोल गर्दै रियललाई ३–० को अग्रता दिलाए। खेलको ८६ औं मिनेटमा जेसेले गोल गर्दै रियल मड्रिडलाई ४–० को जित दिलाए। 

यसैवीच गएराति नै भएको खेलमा शीर्ष स्थानमा रहेको बार्सिलोना भने भिल्लारियलसँग बराबरीमा रोकिएको छ। बार्सिलोनाले दुई सून्यको अग्रता लिएपनि जोगाउन नसक्दा बराबरीमा रोकिएको हो।
बार्सिलोनका लागि रेकेजिटले २० औँ र ४१ औं मिनेटमा नेमारले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए। तर खेलको ५७ औँ मिनेटमा केड्रिकले गोल गर्दै बार्सिलोनाको अग्रता २–१ मा झारेका थिए। यस्तै खेलको ६३ औँ मिनेटमा बार्सिलोनाका म्याथ्युले आत्मघाती गोल गरेपछि बार्सिलोना भिल्लारियलसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
बराबरीपछि पनि बार्सिलोना ३० खेलबाट ७६ अंकका साथ शीर्ष स्थानमा कायमै छ भने रियल मड्रिड समान खेलबाट ६६ अंकका साथ तेस्रो स्थानमा यथावत छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान खेलबाट ६७ अंक छ।
