
वल्र्ड टी–२० क्रिकेट –अफ्गानिस्तान र साउथ अफ्रिका तथा श्रीलंका र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदै
वल्र्ड टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज अफ्गानिस्तान र साउथ अफ्रिका तथा श्रीलंका र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेल अफ्गानिस्तान र साउथ अफ्रिकाबीच मुम्बईको वनखडेमा अपरान्ह सवा ३ बजे शुरु हुनेछ । आफ्नो पहिलो खेलमा इङ्गल्याण्डसंग पराजित साउथ अफ्रिका आजको खेलबाट जीतको आशामा छ । ४ खेल खेली सकेको अफ्गानिस्तान भने चौथो जितको खोजीमा मैदान उत्रदै छ । उसले एकमा हार व्यहोरेको थियो । पहिलो खेलमा स्कटल्याण्ड , दोस्रोमा हङकङ र तेस्रो खेलमा जिम्बावेलाई पराजित गरेको अफ्गानिस्तान चौथो खेलमा श्रीलंकासंग हारेको थियो ।
यसैबीच, आजको दोस्रो खेल श्रीलंका र वेष्ट इन्डिजबीच बैङ्गलोरस्थित चिन्नस्वामी स्टेडियममा राती पौने ८ बजे सुरु हुनेछ । दुवै टीम दोस्रो जितको खोजिमा मैदान उत्रदैछन् । आफ्नो पहिलो खेलमा श्रीलंकाले अफ्गानिस्तान र वेष्ट इिन्डजले इङ्गल्याण्डलाई समान ६ विकेटले पराजित गरेको थियो ।
