एप स्टोरको पपुलर एप्स मस्कुरेड (MSQRD)किन्यो
सामजिक संजाल फेसबुकले एप स्टोरको पपुलर एप्स मस्कुरेड (MSQRD) किनेको छ । यो एप्स खास गरि सेल्फी खिचेको तस्वीरलाई विभिन्न किसिमको तस्वीर बनाउन सकिने एप्स हो । यो एप्सबाट भिडियो पनि रेकर्ड पनि गर्न सकिन्छ र फोटोहरु विभिन्न सामाजिक संजालमा पोष्ट गर्न सकिन्छ ।
वाल स्ट्रिट जर्नलका अनुसार फेसबुकले यस अघि स्न्याप च्याटलाई किन्न खोजेको थियो । स्न्याप च्याटले डिल अस्वीकार गरे पछि फेसबुकले मस्कुरेड किनेको बताइन्छ । किनेको रकम भने अहिले सम्म खुलेको छैन ।
फेसबुकले आफ्नो भिडियो पोष्टलाई अझ सशक्त बनाउन यो एप्स किनेको बताइएको छ ।
