
मोबाईलमा रिचार्ज नभए के गर्ने ?
के तपाईलाई मोवाइलमा रिचार्ज गर्दा रिचार्ज नभएर हैरान हुनु भएको छ ? यदि तपाईलाई रिचार्ज गर्न समस्या भइरहेको छ भने नेपाल टेलिकमले दिएको यी ३ तरिकाहरु अपनाउन सक्नुहुन्छ ।
१. तपाईले *४११ वा *४१२ डायल गरी अन्तिममा ह्यास कि राखेर रिचार्ज गर्न सक्नुहुनेछ ।
२. टेलिकमले दिएको नम्बरहरु जस्तै १४१४,१४१५ र १४१३ नम्बर डायल गरि त्यहाँ प्राप्त निर्देश अनुसार रिचार्ज गर्न सक्नुहुनेछ ।
३. या तपाईले वेभ रिचार्ज प्रविधि अपनाउन सक्नु हुन्छ । त्यसका लागि तपाईले webrecharge.ntc.net.np मा लग इन गरि आफूले चाहेको सेवा प्राप्त गर्न सक्नुहुनेछ ।
यस बाहेक तपाईले मोवाइल एप, एमओपिएस टपअप र विभिन्न बैंक संस्थाहरुले आफ्नो ग्राहकहरुलाई दिएको इलेक्ट्रोनिक रिचार्ज कार्ड (इआरसी) सुबिधा मार्फत पनि रिचार्ज गर्न सक्नुहुनेछ । अहिले सम्म कै सबैभन्दा प्रभावकारी रिचार्ज प्रविधि वेभ रिचार्जलाई मानिन्छ । यसबाट तपाईको एकपटक मै रिचार्ज हुन्छ ।
