च्याम्पियन्स लिग अन्तर्गत वार्सिलोना र बायर्न म्युनिख क्वाटरफाइनलमा

काठमाडौं ,४ चैत ।
timthumb.php

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा वार्सिलोनाले आर्सनललाई पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लिगमा २-० ले जितेको वार्सिलोनाले दोस्रो लिगमा गए राती ३-१ ले जित्त्दै समग्रमा ५-१ ले पराजित गर्दै लिगको क्वाटरफाइनलमा पुगेको हो ।

गए राति भएको वार्सिलोनाको घरेलु मैदान क्याम्पनाउमा भएको खेलमा वार्सिलोनाका नमारले १८ औ, सौरेजले ६५ औ र मेसिले ८८ औ मिनेटमा गोल गरेका थिए भने आर्सनलका लागि एक मात्र गोल खेलको ५१ औ मिनेटमा मोहमद नेनीले गरेका थिए ।

त्यस्तै गए राति नै भएको अर्को खेलमा बायर्न म्युनिखले युभेन्ट्सलाइ ४-२ गोल अन्तरले हाराउदै समग्रमा ६-४ गोल अन्तरले विजयी हुँदा प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

timthumb.php2222222

गए राति भएको खेलमा ९० मिनेटमा दुवै टिमबाट २-२ गोल भए पछी खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा बायर्न म्युनिखले थप २ गोल गर्यो र खेल ४-२ ले जित्यो ।

बायर्न म्युनिखका लागि लेवानडोस्किले ७३ औ मिनेटमा, मुलरले ९० औ मिनेटमा,थियेगो अल्चंताराले १०८ औ मिनेटमा र कोम्यानले ११० औ मिनेटमा गोल गरेका थिए भने युभेन्ट्सक लागि खेलको ५ औ मिनेटमा पोग्वाले र २८ औ मिनेटमा कौडार्ड़ोले गोल गरेका थिए ।