विश्वकप टि-२० क्रिकेट–क्रिसगेल चम्केपछि…..

काठमाडौं ,४ चैत ।
west-660x330

विश्वकप टि-२० क्रिकेट अन्तर्गत गए राति भएको खेलमा वेस्ट इन्डिजका क्रिसगेल चम्केपछि इंग्ल्यान्ड ६ विकेटले पराजीत भएको छ ।

वेस्ट इन्डिजले पहिला टस जितेर इंग्ल्यान्डलाइ ब्याटिंङका लागि  निम्तो दिएपछि  इंग्ल्यान्डले १८३ रनको लक्ष्य पेश गरेको थियो। वेस्ट इन्डिजले पहिलो ओभरमै ० रनमा आफ्ना ओपनर चार्लिजलाइ गुमाए पछि दबाबमा आएको थियो । तर त्यस पछि क्रिजमा आएका क्रिसगेलले   ४८ बलमा १०० रनको पारी खेले र आफ्नो टिमलाइ जित दिलाए । वेस्ट इन्डिजका लागी स्यमुल्सले ३७ रन र रोसेल्सले १७ रनको पारी खेलेका थिए । वेस्ट इन्डिजले ४ विकेट गुमाएर १८.१ ओभर मै १८३ रन बनाएर खेल जितेको थियो । इंग्ल्यान्डका बलर विले, टोपेल, अलि र रशिदले १,१ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८२ रन बनाएको थियो । इंग्ल्यान्डका लागि रुटले सर्वाधिक ४८ रन बनाएका थिए भने बटलरले ३० र हेल्सले २८ रन बनाएका थिए । वेस्टइन्डिजका  बलर रोसेल्स र ब्राभोले २,२ विकेट लिएका थिए ।

४८ बलमा १०० रन बनाएका क्रिस गेल खेलको म्यान अफ दि म्याच भएका थिए ।