
तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता हुने
झापाको दुवागढीमा तेस्रो राष्ट्रिय लिग पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । नेपाल भलिवल संघले पत्रकार सम्मेलन गरी आगामी वैशाखको पहिलो सातादेखि प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।
बिहानी बचत तथा ऋण सहकारी संस्था दुवागढी र भलिबल संघको आयोजनामा हुने प्रतियोगितामा पूर्वाञ्चल भलिबल संघ, मध्यमाञ्चल क्षेत्रिय भलिबल संघ, पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघ, जाउलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब र विभागीय नेपाल पुलीस, सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी सहित ८ वटा टिम सहभागी हुने निश्चित भएको छ ।
चार दिनसम्म सञ्चालन प्रतियोगिताको पहिलो हुनेलाई ३ लाख १५ हजार, दोस्रोलाई १ लाख ७५ हजार रुपौयाँ र तेस्रोलाई १ लाख १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
