टि-२० विश्वकप-न्युजिल्यान्डसंग भारत पराजीत

 काठमाडौं , ३ चैत ।
sports

टि-२० विश्वकपको सुपर १० अन्तर्गत भएको पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई ४७ रनले हराएको छ ।

१२७ रनको लक्ष्य पाएर ब्याटिंङ गर्न आएको भारत १८.१ ओभरमा ७९ रन बनाएर अलआउट भएको थियो । ओपनर रोहित शर्मा ५ रन र शिखर धवन १ रन बनाएर आउट भएका थिए । वीराट कोहोलीले २३ र महेन्द्र सिंह धोनीले ३० रनको योगदान दिएका थिए ।

न्युजिल्यान्ड़का स्यान्टरले ४ विकेट लिएका थिए भने सोढ़ीले ३ र न्याथन म्याकुलमले २ विकेट लिएका थिए ।

यसअघि भ्रारतको नागपुरमा भएको सो खेलमा न्युजिल्यान्डले टस जितेर पहिला ब्याटिंङ गरेको थियो ।

न्युजिल्यान्डका सुरुवाती ब्याट्सम्यानहरुले राम्रो सुरुवात गर्न सकेनन । न्युजिल्यान्डका  एन्डरसनले सर्वाधिक ३४ रन बनाएका थिए भने रोचीले नटआउट २१ रन बनाएका थिए । न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्र बनाएको थियो ।

भरतका लागि आश्विन, नेहरा, जडेजा , रैना र बुमराहले १,१ विकेट लिएका थिए ।

४ ओभरमा ११ रन दिएर ४ विकेट लिएका न्युजिल्यान्डक मिचेल स्यान्टर खेलको म्यान अफ दि म्याच भएका थिए ।