म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश

 काठमाडौं , ३ चैत ।
mna

च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर सिटी र डाइनामो किभ बीचको खेल बिना कुनै गोल बराबरीमा सकिए पछी अघिल्लो खेलमा ३-१ को अग्रताको आधारमा सिटी ३-१ गोलको समग्र जित सहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ  ।

सिटीको घरेलु मैदान ईथियाड खेल मैदानमा भएको खेलमा सिटीका कप्तान घाइते भएर मैदान छोडेका थिए  । पहिलो पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको सिटीले यो खेलमा धेरै गोल गर्ने अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेको थिएन  ।

त्यस्तै गए राति नै भएको अर्को खेलमा एथलेटिको म्याड्रिडले पेनाल्टी सुटआउटमा पीएसभीलाइ ८-७ गोले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।  यस अघि भएका दुवै खेल गोल रहित बराबरीमा सकिए पछी खेल पेनाल्टी सुटआउटमा गएको थियो ।