
कांग्रेस सभापति देउवा र भारतीय बिदेश सचिव एस जयशंकरबीच भेटवार्ता
काठमाडौं , २ चैत ।
नवनिर्बाचीत कांग्रेस सभापति शेरबहादुर देउवा र भारतीय बिदेश सचिव एस जयशंकरबीच आज भेटवार्ता भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को ३७ औं बिदेशमन्त्री स्तरीय बैठकमा सहभागी हुन नेपाल आएका जयशंकर भेट गर्न देउवा निबास बुढानिलकण्ठ पुगेका थिए । उनले देउवालाई कांग्रेसको सभापतिमा निर्बाचीत भएकोमा बधाई तथा शुभकामना दिएका थिए । भेटमा सार्क क्षेत्रको हीत र दुईपक्षिय हितका बारेमा छलफल भएको थियो ।
