आइतबारदेखि नारायणगढ–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

मूलखबर संवाददाता
चितवन, १२ मंसिर

अब नारायणगढ–मुग्लिन सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

तुइनखोलाको पहिरो नियन्त्रणको काम अघि बढाउन र सम्भावित जोखिम हुन नदिन सवारी आवागमन बन्द गर्न लागिएको हो । मङ्सिर १३ गते आइतबारदेखि बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म यातायात बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले जानकारी दिएका छन् ।

यसअघि केही समय काम गरेर रोकिएको पहिरो नियन्त्रणको काम आइतबारदेखि पुनः सञ्चालन गर्ने भनी जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । तुइनखोलामा पहिरो खसेर वर्षायाममा बढी दुःख दिने गरेको छ ।