ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर, काम लागेन झुठकाे खेती

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाको भर्जिनिया राज्यमा ममता काफ्लेको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् । १० नोभेम्बर २०२६ मा जुरीले भट्टलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र शव विकृत बनाएको अभियोगमा दोषी ठहर गरेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सीएनएनका अनुसार भट्टले आफ्नी पत्नीको हत्या गरेको अभियोग अस्वीकार गर्दै आएकामा जुरीले उनको दाबी अस्वीकार गरेको हो । ममता सन् २०२४ को जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित घरबाट बेपत्ता भएकी थिइन् । उनको शव अहिलेसम्म फेला परेको छैन ।

भट्टले हत्या आभियाेगलाई कमजाेर बनाउन माओवादीले अपहरण गरेकाे र मानसिक सन्तुलन विगारेकाे कारण अपराध गरेकाे भन्ने झुटाे कथा बनाएर न्यायधिसलाई प्रभावित पार्ने काेसिस गरेका थिए ।  तर उनकाे दलिल पुर्ण रूपमा झुठाे भएको र माओवादीलाई बदनाम गरि आफ्नो प्रतिरक्षा गर्न मात्रै प्रयाेग गरेकाे भन्ने प्रमाणित भएपछि उनी दाेषी ठहर भएका हुन् ।