पुर्वप्रधानमन्त्री नेपाल र पुर्वमन्त्री रिजालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस
अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले पूर्वप्रधानमन्त्री तथा नेकपाका सह संयाेजक माधवकुमार नेपाल तथा कांग्रेस नेता पुर्व मन्त्री मिनेन्द्र रिजालविरूद्व विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ।
मन्त्रिपरिषद्बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो।
अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफियत देखिएको दाबी गरेको छ। नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष अदालतमै विचाराधीन छ।





