फ्लाई दुबईबाट तीन सातामा ५ हजार आवतजावत

मूलखबर संवाददाता
काठमाडौं

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरेकाे फ्लाई दुबईबाट तीन सातामा करिब ५ हजार जना आउजाउ गरेका छन् । फ्लाई दुबईले सेप्टेम्बर २३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको हो ।

विमानस्थलको तथ्यांक अनुसार सेप्टेम्बर २३ देखि अक्टोबर १५ सम्मको २३ दिनमा २२ दिन उडान भएको छ । सेप्टेम्बर २५ मा मौसमका कारण उडान अवरुद्ध भएको थियो । यो अवधिमा ४ हजार ७ सय ३४ जनाले पोखराका विमानस्थल प्रयोग गरेर आउजाउ गरेका छन् । फ्लाई दुबईमार्फत ३ हजार २ सय ८३ जना पोखरा आएका छन् भने १ हजार ४ सय ५१ जना पोखराबाट दुबई गएका छन् ।

पोखरा आएका यात्रुमध्ये २ हजार ९ सय ३४ जना नेपाली, ३ सय ४९ जना विदेशी रहेका छन् । त्यसैगरी पोखराबाट दुबई जानेमध्ये १ हजार २ सय १२ जना नेपाली र २ सय ३९ जना विदेशी रहेका छन् । यसलाई समिक्षा गर्दै पोखरा पर्यटन व्यवसायी र स्थानीय सरकार पनि उत्साहीत बनेको छ ।