कांग्रेस महाधिवेशन : शुक्रबार राति १० बजे सकियाे मतदान
नेपाली कांग्रेसकाे १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको मतदान शुक्रबार राति १० बजे बल्ल सकिएको छ । दोस्रो पटक थप भएको समयभन्दा तीन घण्टा ढिलो मात्रै मतदान सकिएको हो ।
७ बजेपछि भने निर्वाचन समितिले लाइनमा लागेका प्रतिनिधिलाई मतदान गर्ने भनेको थियो । जसअनुसार अहिले राति १० बजे मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
आज बिहानैदेखि सुरु भएको मतदानको समय पहिले दिउँसो ३ बजेसम्म निर्धारण गरिएको थियो । तर, त्यो समयमा नसकिने छाँट देखिएपछि निर्वाचन समिति थप दुई घण्टा गरेर ५ बजेसम्म निर्धारण गरेको थियो ।





