कांग्रेस महाधिवेशन : मतदान जारी
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको छ।
हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो सुरु भएको सभापति गगन थापाले जानकारी दिए।
‘हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो हुन पुग्यो’, सभापति थापाले भने, ‘यसबाट सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूमा पर्न गएको असुविधाप्रति क्षमा चाहन्छौँ।’
सभापति थापाल यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरूलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गरेका छन् ।





