गगनकाे ४६ पृष्ठकाे राजनीतिक प्रतिवेदन पारित, के छ प्रतिवेदनमा ?
नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।
उनले पेश गरेको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पास समेत भइसकेको छ ।
राजनीतिक प्रतिवेदनमा चार वर्षको नेतृत्व र आगामी कार्यदिशा शिर्षकमा सभापति थापाले नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरेका छन् ।





