मर्स्याङदीमा उच्च बाढी, ताल गाउँ डुबानमा, पुलहरू खतरामा
अविरल वर्षाका कारण मनाङबाट लमजुङ हुँदै बग्ने मर्स्याङदी नदिमा बाढी आएकाे छ र जलसतह खतराको शुचि पार गरेको छ । बाढीले मनाङकाे ताल गाउँमा डुबान गरेकाे छ भने खुदी, उदिपुर, भाेटेवडार बेलघारीमा रहेका पुलमा क्षती पुर्याउन खाेज्दैछ ।
बाढिले पाउँदीमा रहेकाे वृद्वाश्रममा पानी पसेकाे छ भने जिल्ला प्रशासन कार्यलयले नदि का तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुचना र खबरदारी गरेकाे छ ।
मर्स्याङदीसहित गण्डकी प्रदेशका मुख्य नदी कालिगण्डकीमा पनि ठूलो बाढी आएकाे छ भने सेती नदिमा पानी जलसतह उच्च छ । त्यसैकाे परिणामस्वरूप नारायणी नदीमा जल सतह अत्यधिक बढेकाे छ । नारायणी नदिमा गत २०८१ सालकाे जस्तै यसपटक पनि बाढीले पुल छुन आँटेकाे छ भने तल्लो तटिय क्षेत्रमा डुबान शुरू गरेको छ ।



