नेप्से ७ अंकले बढ्याे

मूलखबर संवाददाता
काठमाडौं, ६ असाेज

सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७.०६ अंकले बढेको छ । डेटा सेन्टरमा समस्या आएपछि सोमबार सेयर बजार बन्द थियो ।

मंगलबारदेखि खुलेको सेयर बजार ७ अंकभन्दा धेरैले बढेको हो । अघिल्लो दिनको तुलनामा यो ०.२६ प्रतिशतले बढी हो । यससँगै समग्र नेप्से २ हजार ६ सय ५४.२८ अंकमा उक्लिएको छ ।

यस दिन कारोबारमा आएकामध्ये १३८ कम्पनीको सेयर मूल्य बढ्दा १३० वटाको घट्यो । बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर छ ।

मंगलबार कुल ७० हजार ६ सय ९१ पटकको कारोबारमा २ करोड १५ लाख ८९ हजार ७ सय ६१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको कारोबार भएको छ ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहमध्ये वित्त कम्पनी, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामुहिक लगानी कोष, निर्जीवन बिमा र व्यापार उपसमूहको परिसूचक घटे ।

बाँकी उपसमूहको परिसूचक बढेपछि नेप्सेको वृद्धिमा टेवा पुगेको हो ।