त्रिपुरेश्वरमा बस आगलागीमा घाइते भएका चालकको निधन

मूलखबर संवाददाता
काठमाडौं, ६ असाेज

त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालकको निधन भएको छ ।

कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सोमबार राति नै निधन भएको हो ।

अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो । घाइते चालकलाई दिउँसो करिब १ बजे अस्पताल पुर्‍याइएको थियो।

सोमबार मध्याह्न त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बसमा आगलागी भएको थियो। आगलागी भएको बस नम्बर बा५ख ४२७४ हो ।

प्ररहरीले दिएकाे जानकारी अनुसार मृतक दावा लामा भएकाे तर दावा लामा भन्ने व्यक्ति जिवितै रहेकाे भनेर मिडियामा अाएपछि मृतककाे पहिचान बारे थप अन्याैल भएकाे छ ।