नेफ्स्कूनले मनायाे आफ्नो ३९ ओैं स्थापना दिवस, सातै प्रदेशमा भए कार्यक्रम

मूलखबर संवाददाता
काठमाडौं, ३१ साउन

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आफ्नो ३९ ओैं स्थापना दिवस मनाएकाे छ ।

‘सशक्त साकोस :उत्तरदायी सञ्जाल’ भन्ने मूल नाराका साथ नेफ्स्कुनले आफ्नो ३९औँ स्थापना दिवस आज देशका सातै प्रदेशमा विविध कार्यक्रम सहित मनाएको हाे।

२०४५ साल साउन ३२ गते बचत समूह राष्ट्रिय संघ तदर्थ समिति गठन भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष स्थापना दिवस मनाउँदै आएको नेफ्स्कूनले यस वर्ष पनि काठमाडौंसहित कोशी प्रदेशको इटहरी, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गरेको हो ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा विशिष्ट अतिथि प्रतिनिधि सभा सदस्य एवं नेफ्स्कूनका निवर्तमान सञ्चालक सदस्य ज्ञानु पौड्याल, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज आचार्य, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष रमेश प्रसाद पोखरेल, सहकारी प्रवर्धन महाशाखाका डिलाराम पन्थी, सहकारी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार बाबुराम गौतम, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका राम कुमार महतो, नेफ्स्कूनका पूर्व अध्यक्ष डि.बी बस्नेत, प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा,नेफ्स्कूनका पूर्व अध्यक्ष मिनराज कंडेल, तथा अतिथिमा डी एस आई के का प्रतिनिधि लाउरा सानसिओ, सञ्जय झा. नेफ्स्कूनका कानूनी सल्लाहकार अधिवत्ता शिव अधिकारीले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सञ्चारकर्मी, नेफ्स्कूनमा आबद्ध संघ संस्थाका प्रतिनिधि तथा उच्च व्यवस्थापन र कर्मचारीहरु गरी ३७५ प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सञ्चालक सदस्य सुशिल कुमार वस्न्यातले कार्यक्रमको स्वागत मन्तव्य राख्नुभएको थियो भने । डा. शिवजी सापकोटाले नेफ्स्कूनको स्थापना कालदेखि हालसम्मका उपलव्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएका योगदान तथा स्क्यान कार्यक्रम मार्फत आबद्ध सहकारी संस्थाहरुमा नियमित अनुगमन तथा सुपरिवेक्षण भइरहेको र आगामी दिनका योजना तथा रणनीतिहरु स्लाइड मार्फत प्रस्तत गर्नुभएको थियो ।