ऊर्जा र सक्रिय जीवनशैलीको प्रतीक बन्दै इनर्जी ड्रिंक

मूलखबर संवाददाता
काठमाडौं, १ असार

काठमाडौं । तपाई गर्मी र थकानको महसुस गरिरहनुभएको छ भने के खानुहुन्छ ? के पिउनुहुन्छ ? त्यसको एक उत्तम विकल्प बन्न सक्छ एक्स्ट्रीम इनर्जी ड्रिंक ।
ऊर्जा र सक्रिय जीवनशैलीको पर्याय बन्दै गएको एक्स्ट्रीम इनर्जी ड्रिंकले नेपाली बजारमा नयाँ आशा जगाएको छ । एग्रो थाई फुड्स प्रालिले नेपालमै उत्पादन गरेकोे यो ब्रान्डले केवल पेय पदार्थको बजारमा मात्र होइन, रोजगारी, राजस्व र औद्योगिक विकासमा समेत महत्वपूर्ण योगदान पु‍र्याइरहेको छ । ह्याण्डी बोत्तल, आकर्षक डिजाइन, तिखो र स्वादिलो एक्स्ट्रीम वास्तवमै नेपाली युवायुवतिको रोजाई बनेको छ । देशभरका शहरदेखि ग्रामीण बजारसम्म सहज उपलब्धता, आकर्षक प्याकेजिङ, प्रभावकारी विज्ञापन, सामाजिक सञ्जालमा सक्रिय उपस्थिति तथा सशक्त वितरण प्रणालीले यसले अझ सबै उपभोक्ताको विश्वास जित्न सफल भएको छ ।

विश्वमा इनर्जी ड्रिंकको इतिहास हेर्दा यसको सुरुवात जापानबाट भएको पाइन्छ । दोस्रो विश्वयुद्धपछि तीव्र औद्योगिकीकरणको चरणमा रहेको जापानमा लामो समय काम गर्ने श्रमिक, ट्रक चालक तथा कर्मचारीलाई सक्रिय राख्ने पेय पदार्थको आवश्यकता महसुस भयो । त्यसैको परिणामस्वरूप सन् १९६२ मा Taisho Pharmaceutical ले Lipovitan D पेय पदार्थ बजारमा ल्यायो, जसलाई आधुनिक इनर्जी ड्रिंकको सुरुवात मानिन्छ । आज विश्वभर इनर्जी ड्रिंक उद्योग अरबौं डलरको बजारमा विकसित भइसकेको छ । नेपालमा पनि यस क्षेत्रको विस्तारसँगै एक्स्ट्रिम इनर्जी ड्रिन्कले आफूलाई नेपाली उत्पादनका रूपमा स्थापित गर्न सफल भएको छ । स्वदेशमै उत्पादन हुने भएकाले यसले आयात प्रतिस्थापनमा सहयोग पु‍र्याउनुका साथै देशभित्रै आर्थिक गतिविधि बढाउन मद्दत गरिरहेको छ ।

उत्पादन, वितरण, ढुवानी, बिक्री तथा बजार प्रवद्र्धनका माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष गरी २० हजारभन्दा बढी व्यक्तिले रोजगारी पाएका छन् । यसले सरकारी राजस्वमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ भने भविष्यमा निर्यातको सम्भावना समेत बढ्दै गएको देखिन्छ । नेपालमा जिम सेन्टर, फिटनेस क्लब, खेलकुद गतिविधि तथा स्वास्थ्यप्रति सचेत युवाको संख्या बढ्दै जाँदा ऊर्जा पेयको माग पनि विस्तार भएको छ । एक्स्ट्रिमले आफूलाई ऊर्जा, उत्साह, एकाग्रता र कार्यक्षमतासँग जोडेर बजारमा स्थापित गर्ने प्रयास गरेको छ । विद्यार्थी, खेलाडी, व्यवसायी तथा श्रमिक वर्गसम्म यसको पहुँच विस्तार हुँदै गएको छ । बजार प्रवद्र्धनका दृष्टिले पनि एक्स्ट्रिमले नयाँ शैली अपनाएको छ । देशभरका शहरदेखि ग्रामीण बजारसम्म सहज उपलब्धता, आकर्षक प्याकेजिङ, प्रभावकारी विज्ञापन, सामाजिक सञ्जालमा सक्रिय उपस्थिति तथा सशक्त वितरण प्रणालीका कारण यसले उपभोक्ताको विश्वास जित्न सफल भएको छ ।

विश्वस्तरीय उत्पादन मापदण्ड र गुणस्तर नियन्त्रण प्रक्रियालाई अपनाइएकाले उत्पादनको विश्वसनीयता बढेको कम्पनीको दाबी छ । यही कारणले नेपाली बजारमा स्वदेशी ब्रान्डप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखिन्छ ।ऊर्जा पेयबारे केही भ्रम पनि प्रचलित छन् । धेरैले यसमा कफीभन्दा धेरै क्याफिन हुन्छ भन्ने तर्क गर्छन् तर थाइल्यान्डको खाद्य तथा औषधि प्रशासन (FDA)ले ऊर्जा पेयमा प्रति बोतल वा क्यान अधिकतम ५० मिलिग्रामसम्म क्याफिन राख्न अनुमति दिएको छ । जबकि १५० मिलिलिटरको एक कप कफीमा करिब ८० देखि १०० मिलिग्रामसम्म क्याफिन हुन सक्छ ।त्यस्तै टाउरिन हानिकारक हुन्छ भन्ने धारणा पनि गलत रहेको विज्ञहरू बताउँछन् । टाउरिन शरीरले प्राकृतिक रूपमा उत्पादन गर्ने एमिनो एसिड हो, जसले स्नायु प्रणाली र मस्तिष्कको कार्यसम्पादनमा सहयोग पुर्‍याउँछ ।

त्यसैगरी चिनी नै सबै समस्याको कारण हो जसरी प्रस्तुत गरिएको हुन्छ । तर ग्लुकोज मष्तिष्कको लागि महत्वपूर्ण उर्जा भएको कुरा विर्सन मिल्दैन । विशेषगरी दिउँसोको थकान, शारीरिक श्रमपछिको कमजोरी वा निरन्तर काम गर्नुपर्ने अवस्थामा छिटो उर्जा प्रदान गर्न चिनीले मद्धत गरेको हुन्छ । यद्यपी आधुनिक पेय पदार्थमा विभिन्न स्वाद र आवश्यकता अनुसार चिनीको मात्रा फरक फरक राखिएको हुन्छ । त्यसैगरी बजारमा चिनिरहीत विकल्पहरु पनि उलव्ध गरिएको छ ।

बी–भिटामिनहरू ऊर्जा उत्पादन प्रक्रियामा महत्वपूर्ण हुने भएकाले इनर्जी ड्रिंकमा तिनको प्रयोग गरिन्छ । यद्यपि ऊर्जा पेय सबैका लागि उपयुक्त हुँदैन । बिरामी, बालबालिका तथा गर्भवती महिलाले चिकित्सकको सल्लाहबिना यस्ता पेय पदार्थ सेवन गर्नु उपयुक्त मानिँदैन । स्वदेशी उत्पादन, रोजगारी सिर्जना, आर्थिक योगदान र गुणस्तरीय उत्पादनको संयोजनका कारण एक्स्ट्रिम इनर्जी ड्रिंक आज धेरै नेपालीका लागि केवल पेय पदार्थ मात्र नभई नयाँ आशाको प्रतीक बनेको छ ।