आज पनि चलेन संसद, २५ गतेसम्मको लागि भयाे स्थगित

मूलखबर संवाददाता
काठमाडौं, १९ जेठ

प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित बाेलेकाे विषय फिर्ता लिन तथा सदनमा नेपालले भारतकाे कुन भुभाग मिचेकाे हाे जानकारी दिन माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकको वेलमा नाराबाजी नरोकेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक २५ गते बस्नेगरी स्थगित भएको घोषणा  गरेका छन् । ।

दुई घण्टा ढिलोगरी सुरु भएको बैठकमा अहिले विपक्षी दलहरू उठेर विरोध गरेका थिए । दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक ३ बजेमात्रै सुरु भएको थियो ।