आठ महिला संगठनले मागे प्रधानमन्त्री बालेनकाे राजिनामा

मूलखबर संवाददाता
काठमाडौं, १८ जेठ

संसदका विपक्षी दलसहित विभिन्न दल निकट महिला संगठनहरूले प्रधानमन्त्री बालेन्द्र शाहकाे राजिनामा माग गरेका छन् ।

प्रधानमन्त्री शाहले हिजाे संसद बैठकमा नेपालले पनि भारतकाे जमिन मिचेकाे रहेछ भनेर दिएको अभिव्यक्ति राष्ट्रकाे सार्वभौमिकता र अखण्डता विराेधी भएकाे भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी लगायत सम्वद्व दल हरू निकट ८ वटा महिला संगठनले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री बालेनकाे अभिव्यक्ति खारेज गर्न र राजिनामा दिन माग गरेका हुन् ।

उनीहरूले प्रधानमन्त्री अभिव्यक्ति नसच्याए र राजिनामा नदिए कडा आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।