भारतद्वारा नेपालकाे ६०,६६२ हेक्टर जमिन अतिक्रमण (सूचीसहित), नेपालद्वारा कति ?

मूलखबर संवाददाता
काठमाडौं, १८ जेठ

नेपाल–भारत सिमारेखाले नेपालका २६ जिल्ला छोएको छ । यसमध्ये २३ जिल्लाका ७१ स्थानमा ६०,६६२ हेक्टर नेपाली भूमि भारतद्वारा अतिक्रमण भएको छ ।

यसमध्ये दार्चुला (व्यास १ र २) मा ३७ हजार हेक्टर, कञ्चनपुरको ९ स्थानमा १,६११ हेक्टर, कैलालीको ३ स्थानमा २५६ हेक्टर, बर्दियाको ४ स्थानमा ३१ हेक्टर, बाँकेको २ स्थानमा ५१ हेक्टर अतिक्रमण गरेको छ ।

त्यसैगरी दाङमा २५ हेक्टर, कपिलबस्तुमा १ हेक्टर, रुपन्देहीको २ स्थानमा ५५ हेक्टर, नवलपरासी (सुस्ता) मा १४,५०० हेक्टर, चितवनको २ स्थानमा १४४ हेक्टर नेपाली भुमि अतिक्रमित भएको  छ ।

त्यसैगरी  पर्साको ६ स्थानमा २३३ हेक्टर, बारामा ३० हेक्टर, रौतहटमा १५ हेक्टर, सर्लाहीको २ स्थानमा १२ हेक्टर, महोत्तरीको २ स्थानमा १४ हेक्टर, सिराहको २ स्थानमा १७ हेक्टर, सप्तरीको ७ स्थनमा १७५ हेक्टर जमिन भारतिय पक्षद्वारा अतिक्रमण गरिएको तथ्यांक छ ।

सुनसरीको ३ स्थानमा ४३ हेक्टर, मोरङको ३ स्थानमा ३५ हेक्टर, झापाको ८ स्थानमा १७४ हेक्टर, इलामको ४ स्थानमा ८२ हेक्टर, पाँचथरको २ स्थानमा ४,११४ हेक्टर र ताप्लेजुङको ४ स्थानमा २,०२० हेक्टर भूमि भारतले अतिक्रमण गरेको छ ।

अब संसदमा नेपालका प्रधानमन्त्री बालेन साहले भारतको भूमि नेपालले पनि मिचेकाे बताएपछि नेपालले कहाँ कहाँ  कति भारतिय जमिन मिचेको छ भनेर सार्वजनिक रूपमा तथ्य दिन जनताको तहबाटै चेतावनी आएको छ ।