प्रधानमन्त्री बालेनकाे राष्ट्रविराेधी अभिव्यक्ति खारेज गर्न माग

मूलखबर संवाददाता
काठमाडौं, १७ जेठ

प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतकाे भुभाग मिचेकाे छ भनेर दिएको अभिव्यक्ति राष्ट्रहित र तथ्य वपरित भएको भन्दै खारेज गर्न विपक्षी सांसदले माग गरेका छन् ।

नेकपाका सांसद रमेश मल्लले शून्य समयमा बाेल्दै प्रधानमन्त्रीकाे अभिव्यक्ति खारेज गर्न माग गरेका हुन् ।

उनलेे भने-

सिमा समस्याबारे सदनमा व्यक्त भएको प्रधानमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार मात्र छैन, यो कुटनैतिक सिद्धान्तका विपरीत तथा देशको संविधान, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताका विरुद्धमा छ। यसलाई अस्विकार मात्र होइन खारेज गर्नुपर्छ।