प्रधानमन्त्री साहकाे संसदमा सर्प्राइज एट्याक, विवादित अभिव्यक्तिपछि हंगामा

मूलखबर संवाददाता
काठमाडौं, १७ जेठ

प्रधानमन्त्री बालेन्द्र साहले संसदमा आज सर्प्राइज एट्याक दिएका छन् ।

विपक्षी दलका सांसदहरूले पटकपटक प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने माग राख्दै संसद नै अवरुद्ध गरेको सन्दर्भमा आज अचानक प्रधानमन्त्री साहले संसदमा बाेल्ने समय माज गर्दै प्रश्नाेत्तरकाे लागि तयार भएपछि संसदमा हंगामा समेत भएको छ ।

प्रधानमन्त्री साहले दलहरूका तर्फबाट आएका छ वटा प्रश्नको जवाफ दिएर संसद बैठकबाट हिँडेका थिए ।

उनलेे जवाफ दिने क्रममा केही विवखदित अभिव्यक्ति समेत दिएपछि संसदमा सांसदहरूले नियमापत्ति गर्नुका साथै उनकाे अभिव्यक्ति संसदकाे रेकर्डबाट हटाउन माग समेत गरेका छन् ।

उनलेे नेपालले पनि भारतकाे सिमा मिचेकाे अनाैठाे जवाफ संसदलाई दिएका थिए ।