सरकारले ल्यायाे २१ खर्ब २४ अर्ब ३४ कराेडकाे बजेट

मूलखबर संवाददाता
काठमाडौं, १५ जेठ

सरकारले आर्थिक वर्ष २०८३/८४ काे लागि बजेट ल्याएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब ३४ करोड बराबर घोषणा गरेकाे छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त आकारको बजेट संसद बैठकमा प्रस्तुत गरेका हुन् । प्रस्तावित बजेटमा पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रहने र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब विनियोजन गरिने उनले बताए ।

वाग्लेले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा गरेका छन् । त्यसमध्ये १० प्रतिशत वृद्धि शुरु स्केलमा हुनेछ ।

त्यसबाहेक १० प्रतिशत तलब भने मासिक प्रोत्साहन भत्ताका रुपमा हुने छ । त्यस्तै, अहिले कर्मचारीले पाइरहेको महँगी भत्तालाई निरन्तरता दिएको उनले बताए ।

उनले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताए ।

जुन पूर्वाधार विकास मन्त्रालयले पाएको बजेट भन्दा कम हो । भौतिक र शहरी विकास पूर्वाधारका लागि २ खर्ब ६८ करोड बजेट विनियोजन गरिएको छ ।