प्रधानन्यायाधीशमा शर्माकाे नाम अनुमाेदन, आजै सपथग्रहण

मूलखबर संवाददाता
काठमाडौं, ५ जेठ

प्रस्तावित प्रधानन्यायाधीश मनाेजकुमार शर्मालाई संसदिय समितिले अनुमाेदन गरेको छ ।

प्रधानमन्त्री बालेन शाहकाे प्रस्तावमा संवैधानिक परिषदकाे बैठकबाट प्रधानन्यायाधीशमा तत्कालीन न्यायाधीश मनाेजकुमार शर्माकाे नाम सिफारिस गरेको थियाे । उनीसहित वर्तमान कार्यवाहक प्रधानन्यायाधीश सपना प्रधान मल्ल लगायत छ जनाकाे नाम प्रधानन्यायाधीशमा नाम सिफारिस गरेकाे थियाे ।

आज भएको संसदिय सुनुवाइ समिति बैठकमा उनीविरुद्ध परेका १६ उजुरीमा छलफल भएको थियाे । उनले कार्ययोजना सहित स्षष्टिकरण दजवाफ दिएपछि उनको नाम अनुमाेदन भएको थियाे ।