प्रस्तावित प्रधान्यायधिशमाथि उजुरीबारे संसदिय समितिमा छलफल

मूलखबर संवाददाता
काठमाडौं, ५ जेठ

सरकारले प्रस्ताव गरेको प्रधानन्यायाधीश डा. मनोज शर्मामाथिकाे संसदीय सुनुवाइ सकिएको छ ।  संसदीय सुनुवाइ समितिमा उनीविरुद्ध आएका उजुरीहरूमाथि छलफल भएको  हाे ।

उजुरीकर्ताहरूले शर्माको शैक्षिक योग्यता र क्षमतामा प्रश्न उठाएका छन् । उनीविरुद्ध परेका १६ वटा उजुरीमाथि अहिले छलफल चलेकाे हाे ।

मकवानपुरका उजुरीकर्ता दिपक न्यौपानेले उनको शैक्षिक प्रमाणपत्र मगाएर अध्ययन गर्न माग गरेका छन् ।

अर्का सांसद नरबहादुर विष्टले एमाले पार्टी कार्यालयमा शपथ लिएको विषयबारे प्रश्न गरे । ‘एमालेको पार्टी कार्यालय गएको भन्नुभयो । उहाँ अहिले पनि एमाले हो भन्ने दाबी हो ?,’ उनको प्रश्न थियो ।

नेकपा सांसद वर्षमान पुनले ‘मुद्दा प्रभावित गर्न ७० लाख लिएको भन्ने आरोपको प्रमाण के हो ?’ भनी प्रश्न गरे । उनको थप प्रश्न थियो, ‘अहिले नै सेटिङ गरेको भन्नुभयो । यसलाई कसरी पत्याउने ? आधार के छ ?’