भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीकाे र्याली, सरकारविरुद्ध नाराबाजी

मूलखबर संवाददाता
काठमाडौं, ३ जेठ

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बुटबलमा प्रदर्शन गरेका छन् ।

सरकारले व्यवस्थापन बिना नै आफूहरूका घर टहरामा डोजर चलाएर हटाउन खोजेको भन्दै देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित भएका हुन्। सोही क्रममा आइतबार बुटवलमा राष्ट्रिय भेला आयोजना गरेका हुन्।

बुटवलको राजमार्ग चौराहाबाट र्‍याली सहितको प्रदर्शन गरेका थिए। विभिन्न प्रदेश र २२ वटा जिल्लाबाट सहभागी भएका भूमिहीन सुकुम्बासीहरूको उक्त र्‍याली ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो।