नेप्से परिसूचक घटेर बन्द, कारोबार रकम भने बढ्याे
बिहीबार नेप्से परिसूचक घटेर बन्द भएको छ।
नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २ अर्ब ८० करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३७ स्टकको ४६ हजार ४०२ पटकको कारोबारमा ३ अर्ब २९ करोड २ लाख ४४ हजार रुपैयाँबराबरको ७९ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १०.०७ अंक घटेर २७३०.१७ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ।




