प्रधानमन्त्रीले संसदलाई ढाँटेपछि भयाे हंगामा, प्रतिपक्षी विराेधपछि संसद स्थगित

मूलखबर संवाददाता
काठमाडौं, ३१ बैसाख

प्रधानमन्त्री बालेन शाहले नीति कार्यक्रममा जवाफ दिने भनेर प्रचार गरेतापनि अन्तिममा आफू नआएर संसदलाई छलेपछि प्रतिपक्षी दलहरूले तिब्र विराेध गरे । उनीहरूले संसदमा प्रधानमन्त्रीले उपस्थित भएर जवाफ दिन माग गरेपछि संसद चल्न सकेन । फलस्वरूप बुधबार  बैठक स्थगित भयाे ।

विपक्षी दलहरूको अवरोधका कारण बुधबार स्थगित प्रतिनिधिसभाको बैठक बिहीबार फेरि  बस्दै छ।

प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति माग गर्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालसँग ‘रुलिङ’को माग गर्दै बैठकमा विरोध गरेका थिए।