मन्त्रीपरिषदले गरेका पछिल्लो निर्णय के के छन् ?
आज बसेकाे मन्त्रिपरिषद् बैठकले चारवटा निर्णय गरेको छ । बैठकपछि सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले दिएको जानकारीअनुसार सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने लगायतका चारवटा महत्त्वपूर्ण निर्णय गरिएको हाे ।
यस्ता छन् निर्णयहरू :
नेपाल सरकार कार्यविभाजन नियमावली २०८३ स्वीकृत गर्ने ।
विद्युतीय सुशासन आयोग गठन तथा सञ्चालन आदेश, २०७९ को संशोधन स्वीकृत गर्ने ।
भूमिसम्बन्धी २१ औं संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने ।
सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभाको सदस्य सुशील खड्का, बाग्लुङ, योगेश गौचन थकाली, मुस्ताङलाई मनोनयन गर्ने ।





