लेवनानमाथि इजराली हवाई आक्रमण, १७ काे मृत्यु
लेबनानको राजधानी बेइरुट नजिक तथा दक्षिणी क्षेत्रमा इजरायलले गरेको ड्रोन र हवाई आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक १२ वर्षीया बालिका पनि रहेको जनाइएको छ ।
स्थानीय सञ्चारमाध्यम र स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेइरुटको दक्षिणी क्षेत्रमा सवारीसाधनलाई लक्षित गरी गरिएको तीनवटा ड्रोन आक्रमणमा चार जनाको ज्यान गएको हो । त्यस्तै, दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा भएका हवाई आक्रमणमा थप १३ जनाको मृत्यु भएको बताइएको छ ।
इजरायल र हेजबुल्लाहबीच अप्रिल १७ मा युद्धविराम घोषणा भए पनि दुवै पक्षबाट दैनिकजसो आक्रमण जारी रहेका छन् । पछिल्ला घटनाले युद्धविरामपछि पनि तनाव कम नभएको संकेत गरेको छ ।





