संवैधानिक परिषद बैठकबाट प्रधानन्यायाधीशमा मनाेज शर्मा सिफारिस, दुई सदस्यकाे असहमति

मूलखबर संवाददाता
काठमाडौं, २५ बैसाख

संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीशमा मनाेज शर्मालाई सिफारिस गरेको छ । हिजाे सम्पन्न परिषद बैठकबाट  सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदमा पुर्व सिफारिस गरिएका ६ जना मध्येबाट मनोजकुमार शर्मालाई सिफारिस गरेको हाे ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले ३३ औं प्रधानन्यायाधीशको रुपमा न्यायाधीश शर्मालाई सिफारिस गरेको हो । साे क्रममा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल र प्रमुख विपक्षी दल नेताले लिखित असहमति राखेका छन् । संवैधानिक परिषद्‌मा प्रधानमन्त्री अध्यक्ष, सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, विपक्षी दलको नेता, उपसभामुख र कानुनमन्त्री सदस्य हुन्छन् ।