राष्ट्रपति पाैडेलद्वारा संवैधानिक परिषदसम्वन्धि अध्यादेश जारी

मूलखबर संवाददाता
काठमाडौं, २२ बैसाख

अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।

सरकारले अध्यादेश जारी गर्न पुन: राष्ट्रपतिसमक्ष सिफारिस गरेेपछि बाध्य भएर अध्यादेश जारी गरेका हुन् ।

यसअघि सरकारबाट सिफारिस भएका आठ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाइदिएका थिए।

अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था गरिएको छ।